जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

कार्तिक २२, २०७९


कालीकोट , २२  कात्तिक  । 

मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षकडीएसपीजयश्वर रिमालले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।