दंगिशरण-३ का १२५ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण

कार्तिक २२, २०७९


प्रमोद आचार्य । दाङ २१, सामाजिक सुरक्षा भत्ता वडामै पुगेर बाडी रहेको दंगीशरण गाउँपालिकाले आज वडा न.३ मा पुगी सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । वडा न.३ का वडा अध्यक्ष शुकलाल चौधरीले हेकुलि स्थित एनसिसि विकास बैंकमार्फत बैंकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि बैंकका कर्मचारी जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा वडामै पुगेर भत्ता वितरण गरिएको बताउनुभयो वडा न.३ का १२५ लाभग्राहीलाई वडाबाटै सहज तवरले भत्ता वितरण गरिएको एनसिसि बैंक हेकुलि शाखाका प्रमुख एकराज केसिले जानकारि दिनुभयो । पालिकाबाट हुने हरेक काम कुराहरूलाइ बैंक सङ्ग जोडेर पालिकाको हरेक काममा साथ दिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । दंगिशरण गाउँपालिकाले बैंकको पहुच देखि टाढा रहेका ५ वटा वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरे अनुसार निरन्तरता दिइएको बताएको छ । ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने कार्यलाइ आफ्नो कार्यकाल अबधिभर निरन्तरता दिने गाउँपालिका अध्यक्ष शम्भु गिरिले बताउनुभयो ।