दाङमा मोटरसाइकलको ठक्करबाट एकजना घाइते

कार्तिक २३, २०७९


तुलसीपुर, २३ कात्तिक ।
दाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निबासी ६५ बर्षका चन्द्रबहादुर चौधरी रहेको प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । रा२प ४४४३ नम्बरको मोटरसाइकलले तुलसीपुर हापुरे सडकखण्डको बैशामा बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।