अवस्था बदल्न मेराे उम्मेदवारी : दिपक गिरी

कार्तिक २३, २०७९


देविराम कुसारी, कार्तिक २३ । दाङ क्षेत्र नम्वर ३ प्रतिनिधि सभा सदस्यका लागि गठवन्धनका उमेदवार दिपक गिरीले जनजिविकाकाे अवस्था वदल्ने अधिकार गठवन्धनलाई भएकाे वताउनु भयाे । काँग्रेसकाे नेतृत्व तथा माओवादीकाे साझेदारीमा देशमा २०६२/६३ काे जन अन्दाेलन सफल भएकाे दावी गर्नुभयाे । यी दुई पार्टिकाे याेगदानले नै देशमा गणतन्त्रकाे जग वसेकाे र लाेकतान्त्रीक व्यवस्था कायम भएकाे उमेदवार गिरीले वताउनुभयाे । काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उमेदवार गिरीले व्यवस्था पनि अफुले वदलेकाे र अवस्था वदल्ने अधिकार पनि गठवन्धनलाई नै भएकाे दावी गर्नुभयाे । शिसुकाे माया जन्मदातालाई मात्रै हुने भएकाे हुदा जनताले शिसुलाई हुर्काउने र बढाउने जनअधिकार पनि गठवन्धनलाई दिने दावि गर्नुभयाे ।
गठवन्धन चुनाव प्रचारप्रसार समिति तुलसीपुर ११ ले उरहरीमा आयाेजना गरेकाे चुनावि सभालाई सम्बाेधन गर्दै गठवन्धनका प्रदेश ३ ख (२) का उमेदवार धनबहादुर मास्कीले देशलाई अफ्ठ्याराे पर्दा आफुहरु एक ठाउमा उभिदै आएकाे बचाउनु भयाे । पझिल्लाे समयमा एमाले पनि निरंकुस हुँदै संविधानकाे हत्या गर्ने षडयन्त्र गर्न थाले पछि फेरी पनि आफुहरु एकै ठाउमा उभिएकाे वताउनु भयाे । प्रचाप्रसर संयाेजक हेमबहादुर वलिकाे अध्यक्षतामा भएकाे चुनावि सभामा नेकाका महाधिवेशन प्रतिनिध केशब आचार्य, देविका नेपाली, माओवादी केन्द्रका खम्कु राेकाय, गाेपाल मल्ल, समाजवादिका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली लगाएतले वाेल्नुभएकाे थियाे ।