सल्यानमा टेक्टर दुर्घटना हुँदा ८ जना घाइते

कार्तिक २४, २०७९


तुलसीपृुर, २४ कार्तिक ।

सल्यानमा टेक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर निवासी १६ बर्षको तिलक बुढा, १८ बर्षका भुपाल बुढा, १४ वर्षका गोपाल पुन, १६ वर्षका सुमन पुन, १७ वर्षका जिम बहादुर बुढा, १७ वर्षका कुलबिर पुन , २१ वर्षका झुपलाल घर्ती, वर्ष २१ का नन्दलाल घर्ती, वर्ष १८ का भिम बहादुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
बालुवा लिएर थापा चौर जाँदै गरेको रा.१ त.१६९० नं.को ट्याक्टर रजेखोला स्थित भित्री कच्चीसडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्याल सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको प्रहरीले जनाको छ ।