तुलसीपुरमा रेडमी‘एवान’ मोवाइल लञ्च

कार्तिक २५, २०७९


तुलसीपुर २५ कात्तिक ।

 दाङको तुलसीपुरमा रेडमी‘एवान’ मोवाईल लञ्च भएको छ । विहीबार एक कार्यक्रमका बीच उक्त मोवाइल लञ्च गरिएको हो ।

साविक राप्ती अञ्चलको आधिकारिक डिलर ‘टिम इलाभेन’ एक कार्यक्रम गरि उक्त मोवाईल्को लञ्च गरेको हो । त्यस अवसरमा तुलसीपुर मोवाईल एसोसियसनका अध्यक्ष सुरज भण्डारीलगायतका तुलसीपुरमा क्रियाशिल मोवाईल पसल सञ्चालकहरुको सहभागिता रहेको थियो ।

उक्त मोवाईल सस्तो, टिकाउ, आकर्षक, डबल क्यामेरा रहेको, फिंगर प्रिन्टको ब्यबस्था भएको तथा ब्याट्रि ब्याकप पनि राम्रो रहेको टिम इलाभेनका डाइरेक्टर दिपेश भण्डारीले बताए ।

त्यस अवसरमा टिम इलाभेनका म्यानेजर रुपेश चौधरीलगायतको सहभागिता रहेको थियो ।