रोल्पामा टिप्पर दुर्घटना हुदा चालक घाईते

कार्तिक २६, २०७९


रोल्पा, २६ कात्तिक ।
रोल्पामा टिप्पर दुर्घटना हुदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चालक प्युठानको सरुमारानि गाउँपालिका —४ वडाडाडा निवासी २३ वर्षिय रुपेश वि.क. रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रोल्पाको रुन्टिगढी गाउँपालिका ६ खारा सिउधाराको सुभम खनिज उद्योगबाट ढुङ्गा लिई सम्राट सिमेन्ट उद्योग लमही देउखुरी तर्फ जादै गरेको रा १ ख २९०६ नम्बरको टिप्पर सिउधारामा आज बिहान सडक देखि करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएका बि.क को राप्ति स्वास्थय विज्ञान प्रतिस्ठान घोराहीमा दाङमा उपचार भईरहेको प्रहरीले बताएको छ । टिप्परमा चालक मात्र रहेको र टिप्पर पूर्ण रुपमा क्षति भएको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।