नयाँ योग शिक्षकलाई तालिम प्रदान

कार्तिक २७, २०७९


दाङ, २७ कात्तिक ।
तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनीहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ ।

योग केन्द्रका संयोजक ओजबहादर खड्काको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्यको प्रमुख आतिथ्यता एवं पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि देवराज आचार्यले एउटा मानिसमा बोली, व्यवहार, कर्म, आहार, चिन्तन ल्याउनको लागि योग अपरिहार्य रहेको बताउनुभयो । उहाँले योगले मानिसलाई स्वस्थ्य मात्र नभएर सुसंस्कृत र अनुसाशित समाज निर्माण गर्न मद्दत गर्न टेवा पुग्ने बताउनुभयो ।

तालिमको प्रशिक्षकमा पतञ्जली योग लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख दिपक बस्याल, लुम्बिनी प्रदेश सञ्चार प्रभारी अरुणकुमार श्रेष्ठ, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्य र पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारी लगायतका रहनु भएको छ । तालिमको प्रतिबेदन तालिम संयोजक सिता निउरेले प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रममा सहभागि लोकराज गिरी, टिका केसी, शालिकराम न्यौपाने, दिपक शाह, ह्रिङकलाल चौधरी, जानका गैरै, प्रलाद शाह, टोपबहादुर केसी, दानबहादुर बुढाथोकी, गायत्री केसी, यमनारायण सापकोटा, रेखा शर्मा लगायतले तालिम लिएर आफुमा मात्र सिमित नगरेर घर परिवार हुँदै समाजमा योगको महत्वको बारेमा जनाकारी गराउन र सचेत गराउन आवश्यक रहेको बताएका छन् ।

१ सय १० घण्टासम्म चलेको तालिममा २५ जना बढिको सहभागिता रहेको थियो । प्रशिक्षार्थी नमेश पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक पुर्ण भण्डारीले गर्नु भएको हो ।