गिरीलाई ओलीको चुनौति– मेरो जस्तै क्षमता देखाउनुस !

कार्तिक २७, २०७९


तुलसीपुर २७ कार्तिक । 

नेकपा एमालेले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएको छ । यसै क्रममा आज तुलसिपुर २, ६,७ , ११, र शान्तिनगरको ६ न वडामा घरदैलो तथा चुनावी सभा सम्पन्न भएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न ३ का उम्मेदवार कोमल ओलीले गठबन्धनका उम्मेदवारले कोमल अ‍ेलीले गित गाउँदै भोट मागेकि छिन भन्ने गलत अभिब्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो । वलीले नेता बन्न हरेक क्षेत्रमा दख्खल हुनुपर्ने भन्दै आफु जस्तै हरेक क्षेत्रमा काम गरेको अनुभव र क्षमता देखाउन चुनौति दिनुभयो ।

वलीले भन्नुभयो – म राजनीतिक , पत्रकारिता , समाजिक शास्त्रमा मास्टर गरेको मान्छे हो, संगित क्षेत्रमा ,खेलकुद क्षेत्रमा र पत्रकारितामा सफलता हासिल गरेको मान्छे हो । म हरेक क्षेत्रको ज्ञान हासिल गरेको एक सक्षम , क्षमतावान महिला हो । हरेक क्षेत्रमा काम गरेको मान्छे हो अब राजनिती बाट समाज सेवा गरि दाङलाइ चम्किलो र समृद्ध बनाउँन चाहन्छु म पहल गर्नेछु । त्यसैले मलाई गित गाउँदै भोट मागि भन्नेहरुलाई मेरो जस्तो क्षमता देखाउन चुनौती दिन्छु – अ‍ेलीले भन्नुभयो ।
एजेण्डा बिहीन चर्को स्वरले मात्र विकास र समृद्धि आउन नसक्ने भन्दै ओलीले महिला, दलित, जनजाति, गरिब, आदीबासी सबै बर्ग र क्षेत्रको सम्मान गर्न सक्ने व्यक्ती मात्र यो देशको असल नेता बन्ने बताउनुभयो । अर्काको खिस्सी ट्यूरी गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गर्दै ओलीले होहल्ला गरेर चुनाव जित्ने दिन गइसकेको बताउनुभयो ।