पार्टि प्रबेशको लहरले जित सुनुश्चित भईसक्यो: एमाले उम्मेदवार

कार्तिक २७, २०७९


तुलसीपुर, २७ कात्तिक । 

एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु एमालेमै फर्किएका छन । लामो समय देखि एमालेमा रहेका उनि पार्टि विभाजनको बेला समाजवादीमै रहेका थिए । समाजवादी स्वार्थमा लिप्त भएको भन्दै एमालेमै फर्किएको डागीले बताएका छन । डाँगी सहित २ जना जिल्ला सदस्य, २ जना नगर कमिटि सदस्य सहित ५ जनालाई एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टिमा स्वागत गरेका हुन । त्यसैगरी तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ निवासी दलबहादुर महतरा, महेन्द्रकुमार सेन, बेदबहादुर बुढा र खुमबहादुर गिरी एमालेमै फर्किएका हुन ।

तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमालेका नेताहरु शोभाराम बस्नेत, प्रदेशसभाका उम्मेदवार घनश्याम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।उनिहरुले एमालेका सुर्यध्वजावाहक उम्मेदवारलाई जिताउने बताएका छन । कार्यक्रममा भर्खरै एमालेमा प्रबेश गरेका कृष्णविर नेपाली लगायतको सहभागिता रहेको थियो । यस्तै, तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ निवासी कांग्रेसका युवा नेता रमेश चौधरी सहित दुई दर्जन युवा एमालेमा प्रबेश गरेका छन । उनिहरुलाई पार्टिका महासचिव शंकर पोखरेलले घोराहीमा उनिहरुलाई स्वागत गरेका हुन । यस्तै पश्चिमको शान्तीनगर, बबईमा पनि पार्टि दैनिक पार्टि प्रबेश गर्नेको लहर बढेको छ । उनिहरुलाई प्रतिनिधि सभाका उम्मेदवार कोमल वली, प्रदेश सभाका उम्मेदवार हुकुम बस्नेतले पार्टिमा स्वागत गरेका थिए । यसरी दैनिक जसो युवा देखि बृद्धहरु समेत एमालेमा प्रबेश गरेको ३ नम्बर क्षेत्रमा जित सुनुश्चित भएको एमालेका उम्मेदवारहरुले बताएका छन । यसैविच, दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले घरदैलो तथा चुनावि सभा जारी राखेको छ । निर्वाचनको मिति नजिकिए सगैं उम्मेदवारको दौढधुप पनि बढेको छ ।

यसैक्रममा एमालेले आज तुलसीपुरको वडा नम्बर ५,७ , १४ र १५ लगायत नम्बरमा चुनावि सभा गरेको छ । वडा नम्बर ७ मा आयोजित सभामा प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले जनताको सेवा र विकास गर्नका लागी निर्वाचनमा होमिएको हुदा जिताउन अपिल गरेकि थिईन । उनले पुर्व सिचाईमन्त्री दिपक गिरीबाट थुप्रै आश्वासन पाएपनि विकास नगरेको जनताले गुनासो गरेको हुदा आफुले ती समस्या पुरा गर्ने बताएकि थिईन । यस्तै वडा नम्बर ५ मा भएको कार्यक्रममा दुई दर्जन बढि एमालेमा प्रबेश गरेका थिए । कांग्रेस र माओवादीका नेता कार्यक्रतालाई प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका थिए । पार्टिमा स्वागत गर्दै उम्मेद्वार पाण्डेले जनताको भविष्य एमालेमा भएको बताएका थिए । पाण्डेले आफु नगर प्रमुख हुदा जनताको चाहना अनुसार आफुले काम गरेको बताएका छन ।