तुलसीपुरमा माओवादी र कांग्रेसका ३७ कार्यकर्ता एमालेमा प्रबेश

कार्तिक २८, २०७९


तुलसीपुर २८ कात्तिक ।

तुलसीपुरमा दैनिक जसो एमालेमा प्रबेश गरिरहेका छन । हिजो समाजवादी लगायतका नेताहरु एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरि तीन दर्जन बढि एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । शुसिल विक, निर्मल हमाल,टेक बहादुर विष्टको नेतृत्वमा वडा नम्बर ५ र ६ का गरि ३७ जना प्रबेश गरेका हुन ।

उनिहरुलाइ पार्टिका उपाध्यक्ष युवराज ज्ञवाली, एमालेका प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका हुन । नवप्रबेशिहरुले माओवादी र कांग्रेसबाट यस क्षेत्रको विकास नहुने भन्दै एमाले प्रबेश गरेको बताएका छन । दैनिक जसो प्रबेश गर्नेको लहर बढेको भन्दै जितको दिशामा अघि बढेको एमालेले जनाएको छ । पार्टि प्रबेश कार्यक्रमको सहजिकरण नगर कमिटि सचिव रुप बहादुर खत्रिले गरेका थिए ।