‘बिशेष घोषणा’ सहित हरीस गिरी र लिला वि.क.माओवादी केन्द्रमा समाहित

कार्तिक २८, २०७९


दाङ, २८ कार्तिक । एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य तथा युवा संघ जिल्ला संयोजकबाट राजीनामा दिएर स्वतन्त्र बसेका हरिस गिरीको नेतृत्वमा पाँच सय बढी युवाहरु माओवादी केन्द्रमा समाहित भएका छन । सोमबार तुलसीपुरमा बिशेष कार्यक्रम गरि गिरीको नेतृत्वमा सयौं युवा माओवादी केन्द्रमा समाहित भएका हुन ।
आफूहरु तीन घोषणा सहित माओवादी केन्द्रमा समाहित भएको गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमको नाम नै ‘बिशेष घोषणा’ राखिएको थियो । गिरीले माओवादी केन्द्रकै नेतृत्वमा मुलकको ब्यबस्था बदलिएको र माओवादी केन्द्रकै नेतृत्वमा अबस्था बदल्नकालागि आफूहरु सहित सयौं युवाहरु माओवादी केन्द्रमा गोलबद्ध पहिलो घोषणा गर्नुभएको थियो । त्यस्तै मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएर संविधान र व्यवस्था बचाउने निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सक्रियतापूर्वक लाग्ने दोस्रो घोषणा उहाँले गर्नुभएको थियो । तेस्रो घोषणाको रुपमा गिरीले बेरोजगारी, भ्रष्टाचारलगायतका बिरुद्ध अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति क्षेत्रहरुले आफूहरुले नेतृत्व गर्ने घोषणा गर्नुभएको थियो । उहाँले अबको भविष्य माओवादी भएकाले सबै युवाहरु माओवादी केन्द्रमै आबद्ध हुनुपर्ने समेत बताउनुभयो । आफूहरुले एमालेको प्रतिगमणका विरुद्ध यसअघि पनि आन्दोलन गरेको भन्दै सबै युवाहरु यसका विरुद्ध आगामी दिनमा पनि एकढिक्का भएर लाग्ने समेत बताउनुभयो ।
त्यस्तै एमालेका जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका प्रदेश कमिटि सदस्य लिला वि.क.को नेतृत्वमा अरु युवाहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर वली, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा ‘अपार’, बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं ३ (ख) का उम्मेदवार धनबहादुर मास्की (राजेश) सहित नेताहरुले स्वागत गरेको वाईसिएलका जिल्ला इन्चार्ज अमर नेपाली ‘माईकल’ ले जानकारी दिनुभयो । हरिस गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिरा सुनारले गर्नुभएको थियो ।