प्रतिनिधिसभामा माओवादी केन्द्रबाट १ मात्र महिला निर्वाचित

मङि्सर ११, २०७९


नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा उम्मेदवारी दिएका ४६ मध्ये ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । उनी १९६ मत अन्तरले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन्।

शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेल ले २६ हजार ६८१ मत ल्याएर पराजित भए । शर्मा माओवादीबाट २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन् ।