नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यद्धारा प्रमाण–पत्र ग्रहण

मङि्सर ११, २०७९


मंसिर ११, दाङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच निर्वाचन अधिकृतको कार्यालय दाङ क्षेत्र नं.३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरी, प्रदेश सभा सदस्यद्धय डिल्लीबहादुर चौधरी र धनबहादुर मास्कीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गिरीले मंसिर ४ गतेको निर्वाचनलाई शान्तिपुर्ण, भएरहित बातावरणमा सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै निर्वाचन अधिकृतको टिमलाई आभार प्रकट गर्नुभयो । उहाँले जनताको अभिमतलाई दायित्वबोध हुनेगरि जिल्लाको सडक, सिचाँई, खानेपानी, स्वास्थ्य, शिक्षा सगै टरिगाउँ एयरपोर्टलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डिल्लीबहादुर चौधरीले निर्वाचनको समयमा भएका आरोप–प्रत्यारोपलाई बिर्सेर बिकासलाई एकैठाउँमा ल्याउन र अधुरा कामहरुलाई अगाडी बढाउन प्रतिपक्षसगं सहकार्य गरेर जाने तर्क गर्नुभयो । त्यस्तै क्षेत्र नं.३ (ख) बाट प्रदेश सभा सदस्य मा निर्वाचित धनबहादुर मास्कीले पश्चिम दाङका आम मतदाताहरुको विस्वासलाई टुट्न नदिने गरि जिम्मेवारी बहन गर्ने र समग्र जिल्लाको बिकासको लागि गम्भिरता पुर्वक लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा अपार, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले दाङको समृद्धिको निम्ति कुशलता पुर्बक जिम्मेवारी बहन गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।