जिल्लाकै सर्वाधिक पुरस्कार राशिको मीन बहादुर केसि स्मृती कप फुटबल हुँदै

मङि्सर १२, २०७९


लक्ष्मण बस्नेत, १२ मंसिर दाङ । दाङ तुलसिपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसि स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर १४ गते बुधबार देखि सुरु हुने छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउ र युवा संजाल भिड्नेछन ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनु भएकोछ ।
एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिएको छ ।