उदयपुर-१ मा मतगणना पुन : सुरू, कांग्रेसका खड्का अघि

मङि्सर १३, २०७९


मंसिर १३, उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्य पुनस् सुरू गरिएको छ । आज बिहानदेखि मतगणना पुन : सुरू गरिएको हो । प्रदेश सभा क्षेत्र (ख) को मतपत्र प्रतिनिधि सभाको बाकसमा फेला परेपछि यहाँ विवाद भएको थियो । प्रदेश सभाका १०० मतपत्र बदर गर्ने समझदारीपछि मतगणना पुनस् सुरू गरिएको हो ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का अघि देखिएका छन् भने नेकपा एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले मतगणना केहीबेरअघि देखि सुरू गरिएको सेतोपाटीलाई बताए। उनकाअनुसार अब १६ मतपेटिकामा रहेका मत गणना गर्न बाँकी छ । करिब साँढे ८ हजार मत गणना गर्न बााकी रहेको उनको भनाइ छ ।