एशियन हाइड्रोपावरले मंसिर २७ देखि आइपिओ निष्कासन गर्ने

मङि्सर १८, २०७९


मंसिर १८, एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँ प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने मध्ये १० अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू लाई छुट्याएको छ । उक्त सेयर पुस १२ गते सम्म बिक्रीमा रहनेछ । उक्त अवधिमा सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा स्थानीय बासिन्दाले भने पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।