समाजमा जरो गाडेर रहेका कुरीती र कुसंस्कारको अन्त्य गर्न आजका सचेत युबाको दायित्व अध्यक्ष गिरी

मङि्सर २३, २०७९


प्रमोद आचार्य । मंसिर २३, दंगीशरण गाउँपालिकाको आयोजना तथा महिला पुनस्थापना केन्द्र ओरेकको सहकार्यमा २ दिने युबा नेतृत्व तथा पैरवी योजना निर्माण सम्बन्धी २ दिने तालिम दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरीको शभापतीत्वमा सम्पन्न २ दिने तालिमको समापन अबसरमा बोल्दै अध्यक्ष गिरीले समाजमा जरो गाडेर रहेका कुरीती र कुसंस्कारको अन्त्य गर्न आजका सचेत युबाको दायित्व र कर्तब्य रहेको बताउनुभयो । सभ्य समाज निर्माण र समृद्ध समाज निर्माण गर्न समाजमा रहेका हरेक नागरीक सचेत हुनुपर्ने बताउनुभयो । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले बाल बिबाह, महिला हिंसा ,लागु औषध जस्ता जरो गाडेर बसेका कुसंस्कार हरुको अन्त्य गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका महिला बालबालिका सहायक निरीक्षक चन्द्रा वलिले युबाहरुले हिंसामा परेका र आवाज उठाउन नसकेका दबेका आवाजहरुला बुलन्द रूपमा उठान गरी पालिकाको न्यायिक समितीसम्म ल्यायर समस्या समाधानमा मध्यस्थताको भुमिका खेलीदिन आग्रह गर्नुभयो । पछिल्लो समयमा समाजमा बढीरहेका बिकृती बिसङ्गतीको न्युनिकरण गर्न पनि आजका युबाहरुको महत्त्वपूर्ण भुमिका हुने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएकाछन ।
दुइ दिने तालिमले युबाहरुमा समाजमा भएका बीकृती बिसङ्गतीको न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको तालिममा सहभागी हिरा डाङ्गी ले बताउनुभयो । तालिममा हिंसा कसरी हुन्छ किन हुन्छ र नेतृत्वमा युबाहरुको सहभागीता कसरी वृद्ध गर्न सकिन्छ भन्नेकुरामा धेरै ज्ञान प्राप्त गर्न सफल भएको बताउनुभयो ।एस्तै अर्का सहभागी इन्द्र बहादुर परीयारले तालिमले समाजमा हुने गरेका बिभिन्न हिंसाहरुको न्यूनीकरण गर्न समाजका नागरीकरुलाइ सचेत गराउन तालिम निकै फलदायी रहेको बताउनुभयो ।२ दिने तालिमको प्रशिक्षकमा ओरेकका कार्यक्रम सयोजक सुलोचना खनाल रहनुभएको थियो भने तालिम समापन कार्यक्रमको सहजीकरण ओरेकका जिल्ला सयोजक ईश्वरी थापाले गर्नुभएको थियो ।