परिवर्तनको सुरुवात आफुवाटै हुनुपर्ने

मङि्सर २८, २०७९


तुलसीपुर, २८ मंसिर । अझैपनि हिंसा पीडितहरु खुलेर नआउने सहभागीहरुले बताएका छन् नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालीत छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा भएको ‘लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय’ बैठकमा ६६ प्रतिसत हिंसाहरु लुकाउने गरेको पाएको तथाङक उल्लेख छ । कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले गर्दा हिंसा भएपनि त्यसलाई सहनुपर्ने बाध्यता भएको बताए । कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले सवै भन्दा पहिले आफुबाटै परिवर्तनको सुरुवात गर्नु पर्ने बताइन् । उनले विभिन्न हिंसामापरि महिलाहरु अंगभग भएको र त्यसमा पनि आँखा जस्तो सम्वदेन शिल अंगमा चोटपटक लाग्दा अन्धोपनमा जिवन विताउनु पर्ने अवस्था आउन दिन नहुने बताए । उनले अन्य भौतिक विकासका साथै सचेतना तथा मानविय विकासमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले महिला बाट पुरुष र पुरुष बाट महिलाहरु हिंसामा परेको बताइन् ।

कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका उपप्रमुख रिताकुमारी कुर्मी अझैपनि हिंसा अत्यनभएको भन्दै विभिन्न प्रकारका हिंसाहरु समाजमा रहेको बताइन् । उनले छोरी वुहारीमा हुने देखि अन्य समाजमा हिंसा भई रहेको बताइन् । त्यस्तै विजय नगरगाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले महिलाहरुमा विभिन्न कारणले आँखामा समस्या हुने गरेको बताइन् । उनले सवै काममा महिलाले गर्नुपर्ने भएकाले पनि उनीहरुलाई समस्या हुने गरको बताइन् । उनले लैगिङ्गतामा आधारित हिंसा अत्यका लागि सवैका सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा नेपाल नेत्रज्योति संघका का.वा सभापति रेशमबहादुर खड्काले महिलाहरु बिभिन्न हिंसा, उत्पिडन, शोषण र पीडाबाट अझै पनि उन्मुक्ति हुन नसकेको बताए । उनले बिभिन्न संघसंस्थाहरु कार्यरत भएपनि हिंसा न्युनिकरणका लागि एडभोकेशी गर्न नसकिएको बताउँदै छिमेकीहरु अर्थात आम नागरिकहरुलाई निती र कानुनका बारेमा जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्युनिकरण हुने बताए । अस्पतालमा पनि विभिन्न हंसाका घटना बाट घाइतेहरु आउने भन्दै त्यसलाई न्युनिकरण गर्नका लागि सबैले हातेमालो गर्न आबश्यक भएको उनको भनाई थियो । उनले आँखामा चोटपटक लागेर अस्पतालमा आउने त्यस्ता घटनाहरुलाई सम्वन्धीत निकायमा न्यायका लागि पठाउन आफुहरुले सहजीकरण गर्ने बताए ।

यसैगरी संस्थाका सचिव सुरेन्द्र बहादुर खड्काले अस्पत्तालमा हिंसाका घटनाका पीडितहरु आउने र घटना बारे खुलेर बोल्न र आफ्ना समस्याहरु भन्न नसक्ने अवस्था रहेको बताए । हिंसा पीडीतहरुले आफुमाथि भएको हिंसालाई लुकाई रहँदा पटकपटक हिंसा खेप्न बाध्य भएको भन्दै त्यसको अत्य हुनुपर्ने खड्काको भनाई थियो । उनले कोहिपनि हिंसाको कारण उपचार नपाएर आँखाको चोट पटक लागेर अन्धोपनमा जिवन विताउन नपर्ने बताए । त्यस्तै करिव विभिन्न कारणले ५५ प्रतिसत महिलाहरु अभैmपनि विभिन्न कारणले दृष्टि गुपाउने पर्ने समस्या रहेको बताएको छ । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले हिंसामा परेर बाट चोटपटक लागेर अस्पतालमा महिला तथा पुरुषहरु आउने गरेको बताए । उनले महिलाहरुको आँखा स्वास्थ्य सेवामा पहुँचमा देखिएका अवरोधहरुमा घर परिवार बाटै महिलाहरुको लागि खर्चको व्यवस्थापनमा भिन्नता ,अस्पताल सम्म आउन यातायातको असुविधा पहिल र महिलाहरु विशेषत जेष्ठ महिला प्रति सामाजिक तथा पारिवारीक धारणा गलत भएका कारण समस्यामा पर्ने बताए । बैंठकमा अस्पतालका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पतालहरुले गरेका कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिदै नेपाल नेत्रज्योति संघले सुसासन बालबालीका र लैङ्गिक मैत्री निती ल्याएको र लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय बैठक आयोजना गरि त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने तर्फ लागेको बताउनुभयो । उनले अस्पतालले पनि हिंसामा परेका व्यक्तिहरुको विवरण लिने गरेको भन्दै उनीहरुलाई न्यायका लागि सम्वन्धीत निकायमा पठाउने काम भएको बताए ।

बैठकमा चिफ मेडिकल डाईरेक्टर डा. सुलक्ष्मी कटुवालले हिंसा न्युनिकरण गर्न सकिने भन्दै न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताइन् उनले हिंसाकै कारण आँखामा गम्भीर चोटपटक लागेर कोहि पनि अन्धोपनको समस्यामा बस्न नपरोस भनेर अस्पतालले पनि त्यस्ता व्यक्तिलाई न्यायका लागि सम्वन्धित निकायमा पहल गर्ने बताइन् । प्रशासकिय अधिकृत जसराज बिश्वकर्माले आँखा स्वास्थ्य क्षेत्रमा पनि लैंगिक हिंसाका घटनाका पीडीतहरुको स्वास्थ्य उपचार गर्न आउने र त्यसपछिको अवस्था बारे केही जानकारी नहुने भएको र घटनाहरु किन लुकी रहेका छन भन्ने बिषयमा जानकारी लिन यो कार्यक्रमको आयोजना गरिएको बताए । आगामी दिनहरुमा लैंगिक हिंसालाई दातृ निकाय, नेपाल नेत्रज्योति संघको लक्ष्य र कार्यक्रम अनुसार महिंला हिंसा रोकथामको लागि आगामी दिनहरुमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मीहरुको सहयोगको अपेक्षा रहेको बैठकमा जानकारी गराएको थियो ।

बैठकमा सहभागि महिला सेल, बिभिन्न संघ संस्था मार्फत मानव अधिकारकारको क्षेत्रमा काम गर्दै आएका महिला मानव अकिारकर्मीहरुले लैगिङ्गतमा आधारित हिंसा अत्यका लागि सवै लाग्नुपर्ने बताएका थिए । उनीहरुले आँखामा चोटपटक लागेको त्यस्ता पीडितलाई अस्पतालमा पठाउने प्रतिवद्धता व्यक्तरेका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्यामप्रकाश आचार्य, ओरेक नेपालका सुष्मा आचार्य, दिना सुवेदी, पुष्मा रेग्मी उर्मा थारुलगायतले झुवा दिएका थिए । चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको अध्यक्षतमा भएको बैठकको सहजिकरण बालाराम खड्काले गरेका थिए ।