नेसनल प्याब्सन दाङको बृहत् खेलकुद प्रतियोगिता सुरु

मङि्सर २९, २०७९


मंसिर २९ दाङ, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री अर्जुन श्रेष्ठले खेलकुदले बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री श्रेष्ठले जिल्लालाई खेलकुद क्षेत्रमा उत्कृष्ट रुपमा चिनाउन यस प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । साथै मन्त्री श्रेष्ठले खेलकुदले बालबालिकाहरुलाई शारिरीक, मानसिक रुपमा विकास गर्ने मद्यत पुग्ने जिकिर गरे ।

नेसनल प्याब्सन दाङ शाखाका अध्यक्ष बिमल गौतमको सभापतित्वमा भएको कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खेलकुद प्रतियोगिताको आयोजना गरेर बालबालिकालाई खेलकुद क्षेत्रमा बृहत सहभागि बनाउन तर्फ अग्रसर भएको बताए । साथै बालबालिकाहरुलाई पढाइ मात्र नभएर अतिरिक्त क्रियाकलापको पनि आवश्यकता हुने भएकोले यस खेलकुद प्रतियोगिताले बालबालिकाहरुलाई अध्ययन संगसंगै शारिरीक तन्दुरुस्ती तर्फ पनि आर्कषण बनाउनेमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डागि, केन्द्रिय सदस्यहरु प्रकाश कुमार शर्मा, भिमबहादुर बुढाथोकि, ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, पत्रकार महासङघ दाङका कोषाध्यक्ष शरद रेग्मी, शिक्षा महाशाखाका मान बहादुर खडका लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय । कार्यक्रमको सहजिकरण जिल्ला सचिब ठाकुर प्रसाद डागिले गरेका थिय ।

पहिलो दिन मार्चपासका क्रममा प्रथम राप्ति बाल एकाडेमि,दितिय बालसहारा ईग्लिस बोडिङ स्कुल र तृतिय जनप्रिय ईग्लिस बोडिङ स्कुलले आफ्नो जित सुनिश्चित गरेका थिय । तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी रंगशालामा बृहत् खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा २० बढी निजी विद्यालयको सहभागिता रहेको छ ।