दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्तिको तयारी

पुष १२, २०७९


पुष १२, सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् । माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनेछन् ।