सत्ता लिप्साका कारण गठबन्धन टुट्यो : शेखर कोइराला

पुष १३, २०७९


पुस १३, नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुन नरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए ।

जुन खालको घटनाक्रम भयो त्यो दुस्खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो, उनले थपे, त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ । गठबन्धन टुटे पनि पार्टी सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने निष्कर्षमा पुगेको नेता केसीले बताए । बैठकले संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।