जसपा संसदीय दलको नेतामा यादव निर्विरोध चयन

पुष १३, २०७९


पुस १३, जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो । जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी गर्दै आएका थिए ।