बैक व्याज बृद्धिको विरोधमा लुम्बिनि प्रदेश भरका उवासंघको दाङमा बिरोध प्रदर्शन

पुष १३, २०७९


पुस १३, राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजदरको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बिरोध कार्यक्रम आयोजना गरेको हो ।

बिरोध प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय दाङ मार्फत राष्ट्र बैक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग स्बोधन गर्न भन्दै ज्ञापनपत्र पेश गरेको लुम्बिनि प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो ।
आन्दोलनमा लुम्बिनि प्रदेश भरिका उधोग बाणिज्य सङघहरु,दाङ जिल्ला उद्योग वाणिज्य संघ,तुलसीपुर उधोग बाणिज्य सङघ, चेम्वर अफ कर्मश, वस्तुगत समिती, तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ ।
आन्दोलन लाई सम्बोधन गर्न नेपाल उधोग बाणिज्य महासङघका पुर्ब अध्यक्ष चण्डिराज ढकाल, पुर्ब उपाध्यक्ष उमेशलाल प्रधान लगायतका निजि क्षेत्रका अगुवाहरु दाङ आउनु भएको थियो । बैकको व्याजको विरोधमा अहिले देश भर आन्दोलन भइ रहेको छ ।