एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन

पुष १७, २०७९


पुस १७, नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन ।दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २९१० बाट निर्वाचित गिरीलाई नेता चयन गरेको हो ।

यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतको भनाइ छ । संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए । अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । महासचिव पोखरेलले लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताउँदै आएका छन् ।