राष्ट्रपतिमा प्रचण्डजीले कांग्रेसलाई समर्थन गर्न मिल्दैन : ओली

फागुन ११, २०७९


फागुन ११, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन् । सोमबार बालकोटमा पत्रकारसँग कुराकानी गर्दै ओलीले पूर्वसहमति अनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने बताए । पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेको हुँदा प्रधानमन्त्री प्रचण्डले अरू कसैलाई समर्थन नगर्ने ओलीको भनाइ छ ।

उहाँ प्रधानमन्त्री प्रचण्डले सपोर्ट गर्दैगर्नु हुन्न, गर्नै मिदैन, किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो, अध्यक्ष ओलीले भने । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति र सभामुख एमालेले लिने विषयमा कुराकानी भएकोले त्यो सहमतिबाट माओवादी पछि हट्न नमिल्ने एमालेको भनाइ छ ।