एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल

फागुन १४, २०७९


फागुन १४, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, सरकार पुनर्गठनबारे छलफल भएको छैन् । तर एमालेलाई किन सरकारबाट निकाल्ने रु एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।

अध्यक्ष नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए । उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए । कांग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौं, उनले भने, तर राष्ट्रपति बन्नकै लागि मरिहत्तै गर्नुलाई उचित ठानिनन् । एक वर्षका लागि कार्यकारी बन्ने सहमतीबारे उनले यो कुरा तपाईहरु कहांबाट थाहा पाउनु भो थाहा नभएको बताए ।

यो कुरामा सत्यता छैन् भन्ने जिज्ञासामा उनले भने सत्यता छ पनि भन्दिनँ । सत्यता छैन पनि भन्दिनँ । शक्ति बाँडफाँट गरेर चल्ने कुरा भएको छ । अहिले एक्जिट कुरा भन्न सक्दिन । अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्यूँतिएको र कांग्रेस राष्ट्रपति दिएको उनको भनाई थियो ।