एमालेकै कारण शान्ति प्रक्रिया टुंग्याउन नसकेको महासचिव देव गुरुङको आरोप

फागुन २८, २०७९


फागुन २८, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्ने बताएका छन् । माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रेगुलर कोर्टमा मुद्दा पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताए । उनले भने, संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ ।

शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ । यो विषयमा हाम्रो ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा भएका छौं । शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ । संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको महासचिव गुरुङले आरोप लगाए ।