नवनियुक्त मन्त्री आचार्यद्वारा पदभार ग्रहण

बैशाख २४, २०८०


बैशाख २४, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए । शपथ लगत्तै उनी सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि सो मन्त्रालयको जिम्मेवारी महिन्द्रराय यादवले पाएका थिए । यादवको मन्त्रालय हेरफेर भएर खानेपानी मन्त्रालयमा पुगेका छन् ।