योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त

बैशाख २६, २०८०


दाङ, २७ बैशाख । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त हुनु भएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।

उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समय देखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का स्थायी बासिन्दा हुनुहुन्छ ।