राप्ती बाल एकेडेमीले विद्यार्थीहरुलाई याेग र ध्यान सिकाउदै

साउन १८, २०८०


तुलसिपुर १८, साउन । राप्तिवाल एकेडेमी तुलसिपुरले अाफ्ना वालवालिकाहरु लाई याेग र ध्यान सिकाउन शुरु गरेकाे छ । याेग र ध्यानले वालवालिकाहरुकाे स्वास्थ्य राम्राे हुनुका साथै स्मरणशक्ति समेत वढने हुदा सिकाउन थालेकाे विद्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुने २ दिने वैदिक याेग तथा माेटिभेसन कार्यक्रमकाे अाज उदघाटन गरिएको छ । विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद डागिकाे अध्यक्षता तथा एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे प्रमुख अातित्थ्यतामा भएको उदघाटन कार्यक्रममा वाेल्ने वक्ताहरुले याेग र ध्यानले वालवालिकाहरुमा पढाइ प्रतिकाे रुचि वढने वताएका थिए ।

साे अवसरमा वाेल्दै प्रमुख अतिथि गाैतमले याेग र ध्यानले वालवालिकाहरुलाई नैतिक र चरित्रवाण वन्न मद्दत पुग्ने वताउनु भयाे । उहाले यस्ता कार्यक्रमहरु समय समयमा सवै विद्यालयहरुले गर्नु पर्नेमा जाेड दिनु भयाे । पछिल्लाे समय वालवालिकाहरुले अनुसासन, संस्कार र नैतिकता भुल्दै गयका छन, यस्ता कार्यक्रमले उनिहरुलाई साेच्न वाध्य पार्छ गाैतमले भन्नुभयाे । उदघाटन कार्यक्रममा शिक्षा महाशाखा तुलसिपुरका अधिकृत मन वहादुर खडका, राप्ती बाल एकेडेमी संचालक समितिका अध्यक्ष राजेन्द्र पाण्डे, एन प्याव्सन तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्कि लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।