आर्थिक दायित्व एक बर्षमा शून्य : मेयर खड्का

साउन २३, २०८०     बालाराम खड्का


तुलसीपुर, २२ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले आफ्नो पहिलो काम आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने रहेको बताए । उपमहानगरपालिकाले आयाेजना गरेकाे पत्रकार भेटघाटमा बाेलदै उनले साे कुरा बताएका हुन । मेरो पहिलो र अर्जुन दृष्टी भनेको आर्थिक दायित्वलाई कसरी हटाउने भन्ने छ यो साल धेरै कम भएको छ अर्को साल सवै सुन्य बनाएर त्यसपछि विकासका कामलाई अगाडी बढाउने छौं -मेयर खडकाले भने । उनले जनताले प्रत्यक्ष देख्ने गरि काम नभएको भनेपनि एक बर्षमा धेरै काम भएको सुनाए ।

उनले आर्थिक बर्ष २०७९÷०८० मा २८ करोड ५१ लाख राजश्वसंकलन भएको बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा शिक्षा तर्फ पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्तक प्रकाशन, शिक्षक दरवन्दी मिलान, विद्यालय भवन निर्माण, मेट्रो कलेज भवन निर्माण, ७१ जना छोरीहरुलाई निःशुल्क रुपमा डिल्लोमा तह अध्ययन गराएको बताए । त्यस्तै उनले उपलव्धीकै रुपमा मेट्रो अस्पतालमा दरवन्दी व्यवस्थापन विशेषज्ञ सेवा सुरु, विपन्न नागरिकलाई औषधी उपचार सहयोग, सुत्केरी जेष्ठ नागरिक, विपन्नलाई एम्बुलेन्स सेवा निःशुल्क स्मार्ट छोरी कार्यक्रममा हाल सम्म १ हजार ४० जना, सडक पूर्वाधार तर्फ एक बर्षमा १७ं. ६८ किमि, पक्की नाला ५.४८ किलोमिटर र ग्रावेल ३०.३ किलोमिटर भएको बताए ।

त्यस्तै भुमिहिन र अव्यवस्थीत बसोबासीको तथ्याङ संकलन, जग्गा नापजाँप कार्यसुरु, किसानाई केडिर्ट काडवितरण देखि विभिन्न कामहरु गरेको सुनाए । उनले फोहर व्यवस्थापन, सिसि क्यामेरा जडान, अटो रिक्सालाई व्यवस्थापन र बजार व्यवस्थापनलाई तत्काल गर्ने बताए । ‘तुलसीपुमा पार्कीङको अनि फोहर व्यवस्थापनको ठुलो चुनौतिछ त्यसलाई पनि हामीहरुले अव निजी क्षेत्र संगको साझेदारीमा अगाडी बढानेहोकी भन्ने लागेको छ उनले भने । उनले उज्यालो तुलसीपुर अन्तर्गत तुलसीपुरमा तत्काल बसपार्क र अन्य चेकहरुमा हाइलेक्स बत्ति जडान गर्ने बताए । पत्रकारहरुले दिएका सुझावहरुलाई हामीहरुले टिपेका छौं तत्काल गर्न सक्ने कामहरु अहिले र अन्य कामहरु प्राथमिकताको आधारमा गर्ने छौं -खड्काले भने ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले अव उपमहानगरपालिकाको २६ करोड रकममात्र आर्थिक दायित्व भएको भन्दै त्यसलाई आगामी बर्षमा तिरिसक्ने बताए । हामीहरुले आर्थिक दायित्व कसरी पुरा गर्ने भन्नेमा छौं त्यसपछि सवैकुरा सुधार हुदै जानेछ उनले भने । आयोजना गरेको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा सल्लाह सुझाव दिदै पत्रकारहरुले प्रत्यक्ष जनजिवीका संग जोडिएका सामान्य कुराहरु पुरा गर्न तर्फ स्थानीय सरकार लाग्नु पर्ने सुझाव दिएका थिए । त्यस्तै पत्रकारले तुलसीपुर बजारमा साँझ प¥यो भने नाक थुनेर हिडनुपर्ने अवस्था आएको बताए । त्यस्तै मुख्य सडक देखि गाउँका सडकहरुमा खाल्डा खुल्डी हिलाम्मे हुने समस्या भएको भन्दै त्यसलाई सुधार गर्न सुझाव थियो ।