वाइसिएल तुलसीपुर नगर कमिटीद्वार अस्पताल परिसर सरसफाई

साउन २७, २०८०


साउन २७, वाइसिएल तुलसीपुरनगर कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल सरसफाई सम्पन्न भएको छ । वाइसिएल तुलसीपुर नगर कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल सरसफाई सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष विप्लव ओलीको अध्यक्षता एंव नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर कमिटी इन्चार्ज तथा कार्यक्रमका प्रमुख अथिति प्रभात बलिले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले अस्पताल परिसरमा सरसफाई गरिएको बताउनु भएको छ ।
अस्पताल परिसरमा बिरामीको अत्यधिक भीड हुँदा फोहोर व्यवस्थापनमा सहयोग गर्न सहजीकरण गरिएको भनाइ छ । यस्तै कार्यक्रमका विशिष्ट अतिथि राप्ति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले अस्पातलमा बिरामीहरू विभिन्न समुदाय बाट आउने हुँदा फोहोर व्यवस्थापनमा चुनौती भएको बताउनु भयो । बिरामी हरुलाई फोहोर दस्बिन मा राख्नु पर्छ भन्ने चेतनाको विकास हुन अझै केही समय लाग्छ डा. अर्यालले भन्नु भयो । खाने कुरा खानु हुन्छ फुत्त फोहोर भुइँमा फाल्नु हुन्छ । सफा सुन्दर वातावरण भय अस्पतालमा आउने बिरामीको रोग पनि आधा सञ्चो हुने बताउनु भयो ।
यो कार्यक्रम वाइसिएल को निरन्तर अभियान अन्तर्गत रहेको हो । वाइसिएल केन्द्रीय सचिव प्रविन वली, केन्द्रीय सदस्य माइकल गुरुताल, केन्द्रीय सदस्य हरिश गिरी, मजदुर संगठनका केन्द्रीय उपमहासचिव घनश्याम डांगि, स्वास्थ्य संगठनका नेता जिबन खड्का,‌ वाईसिएल नगर इन्चार्ज हेबेन्द्र शाही आदि दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समयमा वाइसिएलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक काम कार्यक्रमहरुलाई निरन्तरता दिने संगठनका केन्द्रीय सचिव प्रबिन ओलीले जानकारी गराउनु भयो ।