निम्न आय भएका नागरिकको पहुंच हुने गरी सेवा विस्तार गर्छौं : निमित प्रमुख डा.शर्मा

साउन ३१, २०८०


श्रावण ३१, राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको निमित प्रमुख डा. हेमराज शर्माले विशेषज्ञ सेवा सहित निम्न आय भएका नागरिक हरुका लागि पहुँच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्ने बताउनु भएको छ । लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजना राप्ति प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा बोल्दै डा. शर्माले अस्पतालबाट दिने सेवा थप विशिष्टीकृत गर्दै लैजाने बताउनु भएको हो । अस्पातलमा दिने सेवामा कुनै कन्जुस्याइँ हुने छैन उहाँले भन्नुभयो ।

लायन्स क्लव अफ ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा ईशानका सल्लाहकार तथा सामाजिक अभियन्ता विमल रिजालले अस्पताल बाट दिने निशुल्क औषधि हरु बिरामीहरूले स्वत:स्फूर्त रूपमा पाउनु पर्ने बताउनु भयो । अभाव र आवश्यकता भएको ठाउँहरूमा सामाजिक संघ संस्थाहरुको योगदान महत्वपूर्ण छ । निम्न आय भएका र नयाँ जीवन पाउन अस्पताल आउने बिरामीहरूको लागि ईशान ले गरेको सहयोगले बिरामी हरु खुसी हुने रिजालको भनाई छ । लायन्स क्लव अफ ईशान का सचिव दीपक केसी को जीवन सँगिनीकाे जन्मदिनको अवसर पारी ईशानले अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरेको थियो । जन्मदिनमा हुने फजुल खर्च कटाएर जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरिएको ले सचिव केसीले बताउनु भयो ।

सो अवसरमा ईशानका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह निवर्तमान अध्यक्ष प्रेम प्रकाश गिरी लगायतका को उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष सुनिल खनालको स्वगत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गर्नु भएको थियो ।