शुभ सन्देश सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

असोज ०७, २०८०


असोज ७, शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबोध कुमार डाँगीको अध्यक्षतामा भएको साधारण सभामा योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. नहकुल के सी को प्रमुख आतिथ्यतामा भयको हो । कार्यक्रममा शान्तिनगर वडा नं.७ का अध्यक्ष तारा बहादुर ओली, वडा नं.५ का अध्यक्ष ओपेन्द्र रावत, संस्थाका सदस्यहरु पिमलाल ओली, मनिराम चौधरी, शिव प्रसाद भण्डारी लगायतकाले संस्थाको बारेमा बोल्नु भयको थियो ।

साधारण सभामा संस्थाका व्यवस्थापक योगेन्द्र लामिछानेले बार्षिक आय व्याय विवरण प्रस्तुत गर्नु भयको थियो, भने संस्थाले गत आर्थिक बर्षमा करिब दुई करोड पच्चीस लाख बराबरको आर्थिक कारोबार गरेको संस्थाले १९ लाख कुल मुनाफा गर्न सफल रहेको आय व्याय विवरणमा उल्लेख गरिएको थियो । २०६५ सालमा स्थापना भएको उक्त सहकारी संस्थाले शान्तिनगर ७ खैरेनीमा कार्यालय स्थापना गरी करिब २०० जना शेयर सदस्यहरुलाई आर्थिक सेवा प्रवाह गरिरहेको छ । लीला अधिकारीको स्वागत मन्तव्यबाट शुरु भयको कार्यक्रमको सहजीकरण सचिव दामोदर गौतमले गर्नु भयको थियो ।