ज्ञान दीप कलेज प्रदेशमै उत्कृष्ट

असोज १६, २०८०


तुलसीपुर,अशोज १६ । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान संकायको (वि.एस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रा तर्फ स्वस्तिका विष्टले लुम्बिनी प्रदेशमा प्रथम स्थान ल्याउन हुनुभएको हो ।

शैक्षिक सत्र २०७९/८० मा भएको विज्ञान संकायको (वि.एस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरेन्द्र जिसिले जानकारी दिनुभएको छ । त्यस्तै स्वस्तिकासहित सोही संकायमा अध्ययनरत शतप्रतिशत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुनसफल भएकाहुन ।

यस कलेजले वि.सी.ए, वि.एस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । यहा अध्यन गरिसकेका विद्यार्थीहरु देश बिदेशमा बिक्न र टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको रुपमा स्थापित हुदै आएको छ ।