देव बहादुर केसीको नेतृत्वमा शिवालिकको नयाँ कार्यसमिति

असोज २८, २०८०     तुफानबाबु श्रेष्ठ



तुलसीपुर, २८ असोज । तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले तुलसीपुरका युवा व्यवसायी देव बहादुर केसीको अध्यक्षतामा सर्वसम्मत् रुपमा नया संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तुफानबाबु श्रेष्ठ, सचिवमा वेणु अधिकारी र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई पनि सर्वसम्मत् रुपमा चयन गरिएको हो । साथै अधिवेशनले शरण थापा, धन बहादुर बुढाथोकी, देव बहादुर पाण्डे, प्रकाश श्रेष्ठ र लुमा बुढा मगरलाई संचालक समितिको सदस्यमा चयन गरेको छ ।
त्यसैगरी लेखा उपसमितिको संयोजकमा शान्ता गौतम, सदस्यमा लीलाधर शर्मा र शोभा गौतम चयन हुनु भएकोछ भने र ऋण उपसमिति संयोजकमा श्याम घले, सदस्यमा दिपेन्द्र रिजाल र लाल बहादुर खत्रीलाई चयन गरिएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष देव बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यमा संपन्न साधारणसभामा उत्कृष्ट ऋणिहरुका तर्फबाट प्रकाश श्रेष्ठ र शान्ता चन्दलाई नगद र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।
संस्थाकी सदस्य शोभा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेत, निवर्तमान अध्यक्ष विजय केसी, सल्लाहकार बिमल रिजाल, ललित बहादुर घर्ती र टोप बहादुर डांगी, शेयर सदस्य कुशल तर्ताल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।