देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा छन : सांसद सुनिल शर्मा

पुष ०५, २०८०


दाङ ५, नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले आजको स्थितिमा देशभरका सबै मेडिकल कलेजहरू बन्द हुने अवस्थामा रहेको बताउनुभयको छ ।
बिहीबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उहाँले यो तीन वर्षको अवधिमा ९० प्रतिशत कलेजहरू एक पटक किनबेच भएको भन्दै माथि बसेका नेताहरू जिम्मेवार नहुँदा यस्तो अवस्था आएको बताउनुभयो । उहाँले देशभर रहेका ३७५ वटा नर्सिङ कलेजहरू बन्द भएको भन्दै बच्चाहरू नर्सिङ पढ्न चाहेपनि कलेजहरू नभएको र पढाउन सक्ने क्षमता भएकाले पढाउन नपाएको बताउनुभयो ।

उहाँका अनुसार वार्षिक रुपमा एमबिबिएसको लागि ६ हजार बढि र पारामेडिकलमा ३० हजार बढि पढ्न विदेश गरेको समेत दाबी गर्नु भयो । रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले राज्यका माथिल्लो निकायमा बसेका व्यक्तिहरूले गर्दा कठै भन्नु बाहेक अरु विकल्प नभएको उहाँको भनाइ छ । उहाँले यस आर्थिक वर्षको बजेट ४ जना दाजुहरूको क्षेत्रमा मात्र गएको समेत आरोप लगाउनुभयो । ५३ प्रतिशत विकास बजेट ४ जना दाजुहरूको क्षेत्रमा गएको भन्दै उहाँले शेर बहादुर दाइ, प्रचण्ड दाइ, प्रकाशशरण दाइ र पूर्ण बहादुर दाइको क्षेत्रमा गएको बताउनुभयो । यसैगरी उहाँले आफू कुनै पनि ब्यक्तिहरूको विरुद्ध नभइ बेथितिका विरुद्धमा आवाज उठाउँदै आएको समेत बताउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य निमा गिरीले लुम्बिनि प्रदेश सरकारले विभिन्न लोकप्रिय कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण महासचिव बिमल गौतमले गर्नु भएको थियो