दाङमा बृहत अर्थ संबाद, डा.स्वर्णीम वाग्ले दाङ आउदै

पुष ०८, २०८०


दाङ, ८ पुस । अर्थविद् माननिय डाक्टर स्वर्णीम वाग्ले दाङ आउन लागेका छन् । रिपोर्टर्स क्लव लुम्विनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टिका उपाध्यक्ष समेत रहेका डा.वाग्ले दाङ आउन लागेका हुन् ।

पुस १० गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ वजे देखि हुन लागेको अर्थसंम्वाद कार्यक्रममा नेपाल चार्टर एकाउण्टेन्स संघका पूर्व अध्यक्ष सिए भरत रिजाल, नेपाल उद्योगबाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा लगायतले अर्थ संम्वाद कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको रिपार्टर्स क्लव प्रदेशका अध्यक्ष शरद रेग्मीले जानकारी दिएका छन् ।

त्यसैगरि अर्थ संम्वाद कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ उद्योग वाणिज्य संघ र लमही उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी हुने छन् । अर्थ सम्बादमा नागरिक समाज, उद्योगी व्यवसायी र पत्रकारहरुले बदलिदो अर्थतन्त्र र बर्तमान अवस्थाको बारेमा जिज्ञासा राख्न पाउने गरि कार्यक्रमको तयारी गरीएको अध्यक्ष रेग्मीले जानकारी दिए । साथै कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण उद्योगी व्यवसायी लगायत आमनागरिकहरुमा आयोजकले अपिल गरेको छ ।