दाङ देखि एसी सहितको दिवा बस सेवा सुरु

पुष १७, २०८०


दाङ,पुस १७, राप्ती यातायात सेवा प्रालिद्वारा एसी सहितका स्तरिय दिवा बस सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकैसाथ चारवटा दाङ-काठमाण्डौ दिवा बसको शुभारम्भ गर्नुभएको हो । डिलक्स र आरामदायि सिटहरु रहेका बसहरुमा यात्रा गर्दा चिसो मौसममा हिटर र गर्मि समयमा एसिको सुविधा रहेको छ ।

यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा सुरु गरेको प्रालिले यात्रुहरुको माग र सुबिधाका लागि दिवा बस सेवा सुरु गरेको अध्यक्ष हमालले जानकारी दिनु भयो । यस क्षेत्रको सबैभन्दा पुरानो र स्थापित तत्कालीन राप्ति समिति रुपान्त्रण हुदै प्रालि सम्म आईपुग्दा आफ्ना सेवाहरुपनि बिस्तार गर्दै आएका छौ अध्यक्ष हमालले भन्नु भयो”।