एनएमबि बैंक र नेशनल प्याथ ल्याब बीच ब्यवसायिक सम्झौता

पुष २०, २०८०


दाङ २०, एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले नेसनल प्याथ ल्याब बाट प्रदान गरिएका सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने भयका छन् । ल्याब का सम्पूर्ण सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १५ देखी ३० प्रतिशत सम्म छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मीले जानकारी दिए । आफ्ना ग्राहकलाइ उपचार तथा चेक जाँचका क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रशाद पराजुली र नेसनल प्याथ ल्याब को तर्फ बाट वीरेन्द्र कुमार आचार्य ले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र नेसनल प्याथ ल्याब तुल्सीपुरका ईन्चार्ज दिपक कुमार शाह ले हस्ताक्षर गरि सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिन पाउने शाखाका प्रबन्धक रमेश रेग्मी ले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।