लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

पुष २१, २०८०


दाङ, २१ पुस । लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो संघका केन्द्रिय सदस्यहरु श्रीमान थापा र हेमन्त डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताउनु भएको छ । तेक्वान्दो संघलाई स्थानीय तहसंग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । साधारण सभमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभमगिता रहेको छ ।

त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ । तेक्वान्दो एउटा खेल मात्र नभएर शरिरलाई स्वस्थ बनाउने माध्यम भएकाले खेलकुद प्रति बालबालिकाको रुचि बढाउन जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिनील केसीले गर्नु भएको हो ।