बंगलाचुलीमा नेपाली सेनाको नि:शुल्क स्वास्थ्य शिविर

पुष २७, २०८०


दाङ पुस २७, दाङको बिकट क्षेत्रमा रहेको बंगलाचुली गाँउपालिकामा शुक्रवार नेपाली सेनाले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वडा नं.३ मुलाबारी स्थित श्री माध्यमिक विद्यालय, भेडाबारी तथा मुलाबारी आसपासमा बसोबास गर्ने स्थानिय तथा भू.पू. सैनिक र उनिहरुका परिवारलाई लक्षित गरि गणले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सैनिक अस्पताल नेपालगञ्जका निमित्त कमाण्डाण्ट डाक्टर ईन्दु के.सी. सहित (दश जना) को विशेषज्ञ टिम, श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्म (डाक्टर सहितको ५ जना) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सहितको टिम र रणसिंहदल गणका गणपति सेनानी नरेश भक्त अधिकारी सहित ३५ जनाको प्रत्यक्ष सहभागितामा सो स्थानमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

बंगलाचुली गाउँपालिकाको ब्यबस्थापनमा संञ्चालन भएको उक्त शिविरबाट पाच सय एकासी जना स्थानिय जनताहरु प्रत्यक्ष रुपमा सहभागी भई स्वास्थ्य परिक्षण तथा परामर्श लिएका थिय । स्वास्थ्य शिविरको श्री १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति अनिल सिह र गाउपालिकाका अध्यक्ष तुलसीराम पुनमगर बाट सयुक्त रुपमा निरीक्षण तथा अनुगमन भएको थियो ।