चलचित्र काँडेतार देशप्रेमी सिनेमा हो : अभिनेता नवल खड्का

माघ ०६, २०८०


माघ ५, नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने फिल्म भएको बताउनु भएको छ । चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएकाे साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले देश रहे हामी रहन्छौ माटो र मानिस जोगाउ भन्ने कथा बस्तु रहेको काँडेतार देश प्रेमी रहेको बताउनु भयो ।

नेपालको खुल्ला सिमाना, विदेशी हस्तक्षेप र विभिन्न विकृति रोक्ने लगायतका विषयहरु काँडेतारले बोकेको बताउनु भयो । हामी यो देशका नागरिक हौं अब हामीले सीमा सुरक्षा नगरे कसले गर्छ भन्ने हाम्रो हो उहाँले भन्नु भयो । राष्ट्र र राष्ट्रियता जोगाउन काँडेतारले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाइ छ । सेन्सर भईसकेका चलचित्र देखाउन केही ठाउँमा रोक लगाउनूमा सरकारको कमजोरी रहेको गुनासो गर्नु भयो । स्वदेशमा बसेर विदेशीको इशारामा चल्दा राष्ट्रलाई ठूलो आघात भएको छ। यो कस्तो विडम्बना । देशको शान मान र गौरव खोसिने अवस्थामा हामी छौ अब यो देशको गौरव लाई खोस्न दिनु हुन्न उहाँले भन्नुभयो । जसलाई देश प्रति माया छ उसले अबस्य काँडेतार हेर्छ। यति मात्र होइन देश र माटो जोगाउन संसदमा समेत बहस हुनु पर्ने उहाँको माग रहेको छ ।

देसप्रेमका खोल ओढेका हरुलाई काँडेतारले चेतना खुल्नेमा खड्का विश्वस्त हुनुहुन्छ । देश समाज परिवर्तनका लागि चलचित्र एउटा सशक्त माध्यम भएको बताउनु भयो । यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज हुँदै छ । देसका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भएरहेको छ । करिब ७० भन्दा बढी च्यारिटी सो सपमन्न भएको मा दाङ मा भने माघ १३ गते हुँदै छ । चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो ।