तुलसीपुर बजारमा ‘हाइमाष्ट लाइट’ राख्न सर्भे

माघ ०७, २०८०


शरद रेग्मी, दाङ ७ माघ, दाङको तुलसीपुर बजार क्षेत्रमा ‘हाइमाष्ट लाइट’ जदन गर्न आइतबार सर्भे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा र तुलसीपुरमा ‘हाइमाष्ट लाइट’ स्थापना गर्ने तयारी स्वरुप सर्भे गरिएको हो । भौतिक पुर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशको उर्जा महाशाखाको टोलीले सर्भे गरेको हो ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर बजारलाई रातिमा थप सुरक्षित बनाउन हाइमाष्ट लाइट स्थापना गर्न थालिएको बताए । हाइमाष्ट लाइट स्थापना पछि तुलसीपुर बजार क्षेत्रमा रातिको समयमा हुने अपराधिक घटनाहरु न्यूनीकरण गर्न सहज हुने विश्वास गरेको बताए ।

‘ तुलसीपुर बजार क्षेत्रलाई रात दिन सदाबहार सुरक्षित र उज्लायो बनाउने हाम्रो प्रयास हुने छ ’ मुख्यमन्त्री चौधरीले भने, प्रदेश सरकार बिकासमा कटिबद्ध छ ।
आइतबार मन्त्रालयका उर्जा महाशाखा महेश पोख्रेल इन्जिनियर जिबि थापा लगायतको प्राबिधिक टोलिले बसपार्क क्षेत्र, क लाइनको विरेन्द्र चौक, बिपी चौक, वाहीनी चौक, गुम्राह चौक, हात्तीखौवा चौक,बिजौरी लगाएतका क्षेत्रमा सर्भे गरेको हो । मन्त्रालयको टोलिलाई स्थलगत रुपमा निरिक्षणमा सहजिकरण तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले गरेका थिए ।

सो अबसरमा पुर्ब अध्यक्ष रिजालले तुलसीपुर बजार क्षेत्रमा बिग्रिएर रहेका सोलार बत्तिहरु यथासक्य मर्मतगर्न समेत स्थानिय सरकारको ध्याणाकर्षण गराएका थिय । बजार सुरक्षित भयो भने मात्र स्थानिय सरकार स्थापना भएको अनुभुति आम उधोगि ब्यबसायिहरुले गर्न सक्ने प्रतिक्रिया दिदै रिजालले बिग्रिएका सिसिक्यामरा समेत तत्काल मर्मत गर्न सुझाव दिएका छन ।