ज्ञान ज्याेति फाउन्डेसनको महायज्ञमा सबैभन्दा धेरै १० लाख बढी आर्थिक सहयोग
माघ २०, मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुर अरनिको मैदानमा माघ १३ गतेदेखि सञ्चालन गरिएको महायज्ञमा पश्चिम दाङमा रहेको सर्वउत्कृष्ट शैक्षिक संस्था ज्ञान ज्याेति एजुकेसन फाउन्डेसनले आश्रमको भवन निर्माका लागि सबैभन्दा धेरै आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष तथा शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सिओ सुरेन्द्र जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गर्नुभएको हाे । फाउन्डेसन अन्तर्गतका विद्यालय, शिक्षक, विद्यार्थी, र कर्मचारीहरुले सहयाेग गरेकाे सहायक कलेज प्रमुख मनाेज के.सी.ले जानकारी दिनुभयो ।
फाउन्डेसनले वार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता घोषणा गरेको छ । महायज्ञ अवधिभर सबैभन्दा बढि नगद दान फाउन्डेसनले गरेको हो । संस्थाले सामाजिक रुपान्तरणकाे अभियानमा विभिन्न समयमा सामाजिक सघ सस्थाहरु सग हातेमालो गर्दै आएको छ । ज्ञान ज्याेति पश्चिम नेपालीकाे उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित नाम हाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को सिमाना हलवारमा मानव सेवा आश्रमको भवन निर्माण हुन लागेको हो । महायज्ञबाट लक्ष्य अनुसारको रकम उठे पछि अबको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो । आश्रमको भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । महायज्ञबाट पाँच करोड बढी रकम संकलन गरेको छ ।