ज्ञानज्योती फाउन्डेसनको प्रथम लिटिल स्टार च्याम्पियनसिप सुरु

माघ २५, २०८०


माघ २५, ज्ञानज्योती एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम लिटिल स्टार च्याम्पियनसीप-२०८० सुरु भएको छ । बेल्झुल्डी रंगशालामा आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनका संस्थापक अध्यक्ष टिका बहादुर जि.सी.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जि.सी, ज्ञानज्योती कलेजका सहायक प्रधानाध्यापक मनोज कुमार के.सी, लगाएत ज्ञानज्योती फाउन्डेसन अन्तरगतका बिद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चक्र भण्डारीले ज्ञानज्योतीले यस्ता कार्यक्रमहरु आयोजना गरेर बिद्यार्थीहरुलाई सिर्जनात्मक ज्ञान प्रदान गरि रहेको बताउनुभयो । आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु आगोजना गरेर विभिन्न क्रियाकलापहरु संचालन गर्नेमा आफुले बिश्वास लिएको बताउनुभयो ।

बिद्यार्थीहरुको सिर्जनात्मक शक्ति, बिद्यार्थीहरुले सहकार्य गर्ने, विद्यार्थीहरुको आत्माबिश्वास बढाउने, बिद्यार्थीहरुमा जोश जाङर र खुशी प्रदान संगै, नेतृत्वदायी भुमिका प्रदान गर्ने उदेश्यले प्रथम लिटिल स्टार च्याम्पियनसीप आयोजना गरेको लिटिल स्टार च्याम्पियनसीपका संयोजक राकेश डांगीले बताउनुभयो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित ८ वटा बिद्यालहरुकाे सहभागीता रहेकाे प्रतियोगितामा २५ वटा खेलमा विद्यार्थीहरुले सहभागीता जनाउने छन । उद्घाटन कार्यक्रमकाे सञ्चालन मन्टेश्वरी डिपार्ट प्रमुख रितु जि.सी.ले गर्नुभएको थियो ।