विश्व समुदायमा प्रतिस्पर्धी नागरिक तयार पार्नु चुनौती पूर्ण काम हो : मुख्यमन्त्री चौधरी

माघ २७, २०८०     निरला अर्याल


माघ २७, लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको भुमिका महत्वपुर्ण भएको बताउनु भएको छ । आइडियल इंग्लिस बोर्डिङ्ग स्कूल तुलसीपुरको २४ औं वार्षिकोत्सव तथा अभिभाबक भेलामा बोल्दै प्रमुख अतिथि चौधरीले असल शिक्षण सिकाई बाट नैतिकवान नागरिक उत्पादन गरी विश्व समुदायमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार पार्नु चुनौती पूर्ण काम भएको बताउनु भयो ।

शैक्षीक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको आडियल इंग्लिश बोर्डिङ्ग स्कूललें उत्पादन गरेका विद्यार्थीले हरुले दाङ मात्र नभई राष्ट्रको समेत गौरव बढाएको छ : उहाँले भन्नु भयो। शिक्षा पूरा नहुँदा सम्म मानिस अधुरो हुन्छ । आईडियल स्कूल सबैको भविष्य हो यो भविष्य बनाउन विद्यालयका प्रिन्सिपल रेघु केसीको अथक मेहनत छ मुख्य मन्त्री चौधरीले भन्नु भयो । विद्यार्थिको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न समयमा विधागत कार्यक्रम गरी नमूना विद्यालयको रूपमा स्थपित भएको छ ।

स्थानीय कला संस्कृति,भाषा, पर्यटन प्रवर्दधनका लगायतका विषयबस्तु समावेश हुँदा विद्यार्थी हरुमा थप उत्सुकता तथा स्थानिय वस्तुको जानकारी हुने उहाँको भनाइ छ । अभिभावक भेलामा विद्यालयका पदाधिकारी भिगोर कोजिकानमले वर्ष भरी मा विद्यालयले गरेको प्रगति काे समीक्षा तथा विद्यालय र अभिभबाकका बीच को सम्बन्धको बारेमा जानकारी दिनु भयो । स्कुल को २४औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थी हरुले निर्माण गरेका वस्तुहरू प्रदर्शन गरिएको थियो अभिभाबक हरुले अवलोकन गरेका थिए ।
हरेक विद्यार्थी हरु सिर्जनशील हुनु पर्छ भन्ने उद्देश्यले ठोस वस्तुको प्रयोग गरी विभिन्न प्रदर्शनी हरु राखिएको हो शिक्षिका भिमला कोजिकनमले बताउनु भयो । विद्यार्थी हरुले रकेट जेसिवि, इनार, झरना, कंप्यूटर, पंखा, शैक्षिक सामग्री, विद्यालय, हीटर लगायत विभिन्न सामग्री निर्माण गरेका थिए । कोही हीटर लगायर न्यानो लिइरहेका थिए भने कोही रकेट उदाउनमा व्यस्त देखिएका थिए ।

यसै बीच विभिन्न विधामा गरेको उत्कृष्ट कामको मूल्यांकन गरी शिक्षक समीर बस्नेत, सम्राट जंग सम्शेर र निशा केसीलाई सम्मान तथा पुरस्कृत गरिएको छ। विद्यालय परिवार हाँक्ने सबै ब्यक्तहरुलाई मुख्य मन्त्री चौधरीले सम्मान तह मायाको चिनो प्रदान गर्नु भएको हो। कार्यक्रमको सहजीकरण प्रीति गुरुङ र एलिशा घर्ती मगरले गर्नु भएको थियो