भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

फागुन ०६, २०८०


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।