शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निणर्य

फागुन २२, २०८०


दाङ, २२, फागुन । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर(शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ । मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।